लुम्बिनी प्रदेशसभा आज नबस्ने

लुम्बिनी प्रदेशसभा आज नबस्ने

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । आज दिँउसो १ बजेका लागि तय भएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । 

सचिवालयले सूचना जारी गरेर अनिश्चितकालका लागि बैठक स्थगित भएको जानकारी दिएको छ । विशेष कारणबश पहिलो अधिवेशनको सातौं बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुन मगरले बताए । 

'सभामुखको निर्देशानुसार २०७९ चैत ७ गते मंगलबार दिनको १ बजे बस्ने गरी पूर्व निर्धारित पहिलो अधिवेशनको सातौं बैठक अर्को सूचना प्रकाशन नभएसम्मको लागि विशेष कारणवश स्थगित भएको व्यहोरा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ', सूचनामा भनिएको छ ।
 

टिप्पणीहरू