प्रधानमन्त्रीले गोरखा पुगेर नरिवल फुटाउनुभयो

प्रधानमन्त्रीले गोरखा पुगेर नरिवल फुटाउनुभयो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गोरखामा सडक स्तरोन्नतिको शिलान्यास गर्नुभएको छ ।

उहाँले पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक खण्डको स्तरोन्नति निम्ति शिलान्यास गर्नुभएको बताइएको छ ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समेत प्रधानमन्त्रीसँगै सडकको संयुक्त शिलान्यास गर्नुभएको हो ।

उहाँहरुले नरिवल फुटाएर उक्त कार्यको थालनी गर्नुभएको हो ।उक्त सडक खण्डको २० किलोमिटर सडक स्तरोन्नति गर्ने जानकारी दिइएको छ । परियोजना भारतीय एक्जिम बैकको ८० करोड ऋण सहयोगमा सम्पन्न हुने बताइएको छ ।
 

टिप्पणीहरू