संसद्को भवन नम्बर २ मा दुई अध्यक्षको संवाद

संसद्को भवन नम्बर २ मा दुई अध्यक्षको संवाद

पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज अपरान्ह सिंहदरबारमा उहाँहरुले भेट गर्नुभएको बताइएको छ ।

संसद सचिवालयको भवन नम्बर २ स्थित नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा अपरान्ह सवा ३ बजे भेटवार्ता भएको हो । संसदीय समितिको बैठकमा भाग लिएर अध्यक्ष नेपाल सिधै त्यहाँ पुग्नुभएको थियो । 

सरकारले संसद अधिवेशन बोलाउन आलटाल गरेको भन्दै प्रमुख प्रतिपक्ष माओवादीसहित विपक्षीहरुको असन्तुष्टि रहँदै आएको छ । माओवादी केन्द्रको मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग औपचारिकरुपमै माग गरेको छ । 

अध्यक्ष प्रचण्ड र माधवकुमारबीच संसद अधिवेशनलगायत समसामायिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । भेटवार्ताबारे औपचारिक जानकारी भने गराइएको छैन ।

टिप्पणीहरू