कर्मचारी भर्ना खुलाएपछि चिकित्सक संघ रुष्ट

कर्मचारी भर्ना खुलाएपछि चिकित्सक संघ रुष्ट

भरतपुर अस्पतालले ऐनविपरीत चिकित्सकहरु भर्ना गर्न लागेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । अस्पतालले मासिक ज्यालादारीमा काम गर्ने आठौं तहका मेडिकल अधिकृतको आवश्यकतासम्बन्धी सूचना प्रकाशित गरेपछि संघले ध्यानाकर्षण भएको जनाएको छ । 

स्वास्थ्य सेवामा विशेषज्ञ चिकित्सकको शुरुको नियुक्ति नवौं तहबाट हुने स्मरण गराउँदै संघले उक्त सूचना तत्काल सच्चाउन माग गरेको छ । आज जारी गरिएको विज्ञप्तिमा संघले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो गम्भीर त्रुटि मान्य नहुने उल्लेख छ ।

‘स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सेवा गर्न चाहने विशेषज्ञ चिकित्सकको शुरुको नियुक्ति नवौं तहबाट हुने र प्रचलित ऐन, कानुनविपरीत मासिक ज्यालादारीमा मेडिकल अधिकृतलाई आठौं तहको भनि प्रकाशित गरेको सूचना अविलम्ब सच्चाईयोेस्’, विज्ञप्तिमा उल्लेख छ । 

साथै, ज्यालादारीमा माग गरिएको विज्ञापन खारेज गरी स्थायी पदपूर्तिका लागि आवश्यक पहल गर्न संघले सुझाव दिएको छ । चिकित्सकीय पेशालाई नै हतोत्साहित गर्ने गरी प्रकाशित त्रुटीपूर्ण पदपूर्तिको सूचनाले सम्पूर्ण चिकित्सकहरुको मनोबलमा गम्भीर असर पुर्याएको संघको ठहर छ । 

संघले स्वास्थ्य सेवाप्रति आकर्षिक गराउने उद्देश्यबमोजिम पदपूर्तिको सूचना पूनः प्रकाशित गर्न जोडदार माग गरेको हो । भरतपुर अस्पतालले गत बिहीबार मासिक ज्यालादारीमा काम गर्ने आठौं तहको मेडिकल अधिकृतको माग गरिएको विज्ञापन प्रकाशित गरेको थियो ।

यो पनि...

1. सचिवको लगेज सोत्तर,डोकोमा सामान बोक्ने सवाल

2. प्रधानमन्त्रीले गोरखा पुगेर नरिवल फुटाउनुभयो

3. सरकारमा हिस्सा खोज्न समाजवादीद्वारा कार्यदल गठन

टिप्पणीहरू