एमाले नेता बिष्णु रिजाल मिसन ग्रासरुट लिएर जुम्लाका गाउँ गाउँमा
जारी मिसन ग्रासरुट अभियानअन्तर्गत आज बिहान जुम्लाको चन्दननाथ नगरपालिका–१०, पिपलगाउँमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले वडामा भइरहेको सदस्यता नवीकरणको समीक्षा गर्दै बाँकी कामका लागि कार्यविभाजन गरेको छ ।
भेलामा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भनेका छन्, ‘अहिलेको सरकार जनविरोधी छ भन्ने एकपछि अर्को निर्णयले देखाइरहेको छ । त्यसैले यसलाई जनदवाव दिएरै ठाउँमा ल्याउनुपर्छ । मुस्ताङमा बौध्द विश्वविद्यालयका नाममा मुलुकलाई विदेशीको अखडा बनाउने,भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगर्ने,कृषि मलमा अनुदान घटाउनेजस्ता जनविरोधी निर्णयहरु हाम्रै दवावका कारण रोकिएका छन् ।
यसबाट पनि के देखिन्छ भने यस सरकारलाई अझ बढी जनदवाव आवश्यक छ । त्यसका लागि सशक्त प्रतिपक्षका रुपमा पार्टीलाई अघि बढाउन हामी गाउँबस्तीबाट जुट्नुपर्छ ।’वडा कमिटी अध्यक्ष दिलबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला अध्यक्ष शान्तिलाल महत,प्रदेश कमिटी सदस्य मेनका रेग्मी,जिल्ला कमिटी उपाध्यक्ष सुरत शाही,जिल्ला कमिटी सदस्य प्रवलनाथ योगी,लोकेन्द्रराज गिरी, नगर कमिटी अध्यक्ष धर्मेन्द्र रोकायलगायतको उपस्थिति रहेको थियो ।
टिप्पणीहरू