नयाँ वर्ष नलाग्दै ग्लोबल आईएमई बैंकको नयाँ क्यालेण्डर

नयाँ वर्ष नलाग्दै ग्लोबल आईएमई बैंकको नयाँ क्यालेण्डर

ग्लोबल आईएमई बैंक लिमिटेडले वि.सं. २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले क्यालेण्डर सार्वजनिक गरेको बताइएको छ ।

बैंकका सञ्चालक समिति सदस्यहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले अध्यक्ष ढकालसँगै संयुक्तरुपमा क्यालेण्डर सार्वजनिक गरेका हुन् ।

बैंकको क्यालेण्डरमा मण्डला चित्रकलालाई समावेश गरिएको छ । दुई दशकदेखि चित्रकलामा सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पारेको मण्डला चित्रकलालाई क्यालेण्डरमा समावेश गरिएको हो ।

सो अवसरमा अध्यक्ष ढकालले कलाकारद्वयलाई सम्मानसमेत गरेको बैंकले जनाएको छ ।

टिप्पणीहरू