नयाँ आईजीपीलाई प्रधानमन्त्रीको बधाई, रानीपोखरीमा एआईजी र डिआईजीको बिदाई
नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले भोलिदेखि अवकाश पाउँदै हुनुहुन्छ । उहाँको स्थानमा सरकारले एआईजी वसन्तबहादुर कुँवरलाई आज नियुक्त गरेको छ । नवनियुक्त महानिरीक्षक कुँवरलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयमा आजै अपरान्ह बधाई दिनुभएको हो ।
उता तोकिएको सेवा अवधि पूरा गरेर प्रहरी प्रमुखसँगै भोलिदेखि प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी र प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँले पनि अवकाश पाउने भएका छन् । लोहनी र खाँलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज आयोजित कार्यक्रममा बिदाइ गरिएको छ ।
२०४९ चैत ११ गते प्रहरी सेवामा प्रवेश गरेकाहरुले भोलिदेखि अवकाश पाउन लागेका हुन् ।
टिप्पणीहरू