कपासमा आगो लाग्दा २५ लाख खरानी

कपासमा आगो लाग्दा २५ लाख खरानी

बाराको जितपुरसिमरामा गएराति आगलागी हुँदा २५ लाख मूल्य बराबरको धनमालको जलेर नष्ट भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका-७ केराढोका शान्तिटोलका ४० वर्षीय विमलेश चौधरीको कपास उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको हो । प्रहरीका अनुसार विद्युत सर्ट भई आगलागी हुँदा उद्योगभित्र रहेको कपास, कपडा र कपास पेल्ने मेसिन एक थान गरी करिब २५ लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । 

आगलागी स्थानीय बासिन्दा र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू