दिनदहाडै घर फोर्ने, सुन र नगद चोरेर गेष्टहाउसमा बस्ने

दिनदहाडै घर फोर्ने, सुन र नगद चोरेर गेष्टहाउसमा बस्ने

घरको ढोका फोरेर दिनदहाडै सुन र नगद चोर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन घर भई हाल काठमाडौँ महानगरपालिका–४, मण्डिखाटर बस्ने २० वर्षीय बसन्त भनिने अर्जुन परियार, रुपन्देही घर भई हाल सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गौतम र नुवाकोट स्थायी ठेगाना भई हाल टोखा बस्ने ३८ वर्षीय तुलबहादुर विश्वकर्मा प्रहरी नियन्त्रणमा छन् ।

गत फागुन १३ गते उनीहरुले टोखा नगरपालिका–७, धापासी हाइटस्थित भेषराज दाहालको घरको कोठाको ढोका फोडेर विभिन्न गरगहना तथा नगद अन्दाजी ८ लाख ९१ हजार २५० मूल्य बराबरको धनमालको चोरी गरेको प्रहरीले जनाएको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो उनीहरुलाई गोंगबु नयाँ बसपार्कस्थित गेष्ट हाउसबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका तुलबहादुरको साथबाट एक थान सुनको सिक्री बरामद गरिएको प्रहरीले बताएको छ । 

थप अनुसन्धान तथा कारबाहीका लागि तीनै जनालाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

टिप्पणीहरू