एअरबसद्वारा चीनमा निर्मित विमान उडाउन थालियो

एअरबसद्वारा चीनमा निर्मित विमान उडाउन थालियो फाेटाे : सिन्ह्वा

फ्रान्सस्थित युरोपेली विमान कम्पनी एअरबसले चीनमा उत्पादन गरेका विमानहरु सम्बन्ति वायुसेवा कम्पनीलाई हस्तान्तरण गर्न थालेको छ । राजधानी बेइजिङ नजिकैको थिएनचिन शहरमा स्थापना गरिएको कारखानामा धमाधम निर्माण भएपछि अर्डरबमोजिमका विमान हस्तान्तरण गर्न थालिएको बताइएको छ । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार चीनमा ती विमान ‘एसेम्बल्ड’ गरिएका हुन् । सबैभन्दा पहिलो लटमा एअरबसका ए३२१ निओ सिरिजका विमान निर्यात गरिएको छ ।

चीनमा बनाइएको एअरबसको ए३२१ निओ विमान शांघाईको जुनेयाओ एअरलाई हस्तान्तरण गरिएको हो । यो विमान सन् २०२२ को नोभेम्बरदेखि चीनमा एसेम्बल्ड गर्न थालिएको बताइन्छ ।

टिप्पणीहरू