पूर्वी नवलपरासी हिँडेका विनोद चौधरी भैरहवा पुगे
नेपाली काँग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी भैरहवा पुगेका छन् । उनी बिहान काठमाडौंबाट त्यसतर्फ गएका हुन् । बिहान साढे ८ बजे बुद्ध एअरको उडानमा त्यता गएका चौधरी ९ बजे भैरहवा विमानस्थलमा ओर्लिएर सडक मार्गबाट पूर्वी नवलपरासी गएको बताइएको छ ।
‘उनी बा.२० च ७५८५ नम्बरको गाडीमा पूर्वी नवलपरासी गएका हुन्,’ चौधरी निकट स्रोतले भन्यो । उनी चौधरी उद्योगग्राम गएको बुझिएको छ । तर, यसअघि उनी पूर्वी नवलपरासीका उद्योगग्राम र साश्वतधाम जान सँधै भरतपुरको उडान प्रयोग गर्थे ।
टिप्पणीहरू