राष्ट्रपतिद्वारा काँग्रेस नेताको प्रतिमा अनावरण
राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको भित्रीभाग यट्खा पुग्नुभएको छ । उहाँ नरदेवी मन्दिर र वसन्तपुरको बीचमा रहेको यट्खा कुमारी मन्दिर परिसरमा जानुभएको बताइएको छ ।
पौडेल नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ८ को आयोजनामा भएको कार्यक्रममा सहभागी हुनुभएको हो । उहाँले काँग्रेस केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व.नवीन्द्रराज जोशीको प्रतिमाको अनावरण गर्ने कार्यक्रम छ ।
कार्यक्रमस्थलमा राष्ट्रपतिलाई पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेस नेता प्रकाशमान सिंह, काँग्रेस क्षेत्र नम्बर ८ की सांसद सपना राजभण्डारीलगायतले स्वागत गरेको बताइन्छ ।
टिप्पणीहरू