क्याबिनेट बिस्तारअघि बालुवाटारमा बैठक तारन्तार
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजनीतिक भेटघाट तीव्र हुन थालेको छ । क्याबिनेट विस्तार हुने क्रममा सांसद तथा राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका हुन् ।
केहीबेरअघि प्रधानमन्त्री दाहालसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेट गर्नुभएको छ । उहाँहरुको भेटमा सञ्चारमन्त्री रेखा शर्मा पनि सहभागी हुनुभएको बताइएको छ ।त्यसअघि बिहान साढे ७ बजे प्रधानमन्त्री दाहालसँग जसपाका नेता अशोक राईले भेटघाट गर्नुभएको थियो । राईसँगै माओवादी उपमहासचिव जनार्दन शर्मा पनि छलफलमा सहभागी भएको बालुुवाटार स्रोतले बतायो ।
आजै प्रधानमन्त्री दाहाल र सभामुख देवराज घिमिरेबीच बालुवाटारमा केहीबेर छलफल भएको छ । उक्त छलफलमा माओवादी नेता शक्ति बस्नेत र एकीकृत समाजवादीका नेता विजय पौडेल पनि सहभागी भएको बताइएको छ ।
टिप्पणीहरू