सुुकुम्बासीहरुले माइतीघर मण्डला घेरे
भूमि अभियन्ता हुकुमबहादुर लामा र नारायण परियारलाई निःशर्त रिहा गर्नुपर्ने माग राख्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालले बृहत आन्दोलन गरेको छ ।
‘भूमि अभियन्ता पक्राउको विरुद्ध र निःशर्त रिहाईका लागि ध्यानाकर्षण कार्यक्रम’ लेखिएको कालो ब्यानर सडकमा बिच्छाएर मोर्चाले आन्दोलन गरेको हो । राजधानीको माइतीघर मण्डलामा भएको बृहत आन्दोलनमा झण्डै दुई सय जनाको उपस्थिति छ ।
आन्दोलनकारीहरुले ‘भूमि अभियन्तालाई निःशर्त रिहा गर’,‘बसोबासको अधिकार सुनिश्चित गर’,‘भूमि अभियन्तामाथि लगाइएका झुठो मुद्दा खारेज गर’,‘असमान भूमिनीति खारेज गर’,‘संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।
भूमि अभियन्तालाई पक्राउ गरेको विरोधमा मोर्चाले केही दिनदेखि लगातार प्रदर्शन गर्दै आएको छ ।
टिप्पणीहरू