मीटरब्याजीलाई कारवाही गर भन्दै अदालत अगाडि नाराबाजी

मीटरब्याजीलाई कारवाही गर भन्दै अदालत अगाडि नाराबाजी

आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादीलाई सजाय माग गर्दै काठमाडौँ जिल्ला अदालतअगाडि जाहेरीवालाहरुले नाराबाजी गरेका छन् । 

आज दिउँसो बबरमहलस्थित पुरानाे जिल्ला अदालतअगाडि पीडित परिवारका तर्फबाट भेला भएका ३०-४० जनाको समूहले प्रतिवादीहरुलाई कारवाहीको माग गर्दै नाराबाजी गरेको हो । त्यसक्रममा उनीहरुले 'हत्यारालाई कार्वाही गर', मीटरब्याजीलाई कार्वाही गर', जस्ता नारा लगाएका छन् ।

गत फागुन १७ गते चावहिलका ३४ वर्षीय दिपक श्रेष्ठले आत्महत्या गरेका थिए । आत्महत्या गर्नुमा विनम बुढाथोकी, लोकबहादुर बुढाथोकीलगायत जिम्मेवार रहेको भन्दै श्रेष्ठको परिवारले उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा हालेका थिए । 

आज उक्त मुद्दा सुनुवाईका लागि पेशी तोकिएपछि जाहेरीवाला महेश श्रेष्ठ, मृतककी श्रीमति विष्णु श्रेष्ठसहित ठूलो संख्यामा उपस्थित रहेका व्यक्तिहरुले अदालत अगाडि आन्दोलन गरेका हुन् । अदालतले पीडकलाई उन्मुक्ति दिनसक्ने भएकाले खबरदारीका लागि आफूहरु भेला भएको त्यहाँ सहभागी एक प्रदर्शनकारीले बताए ।

टिप्पणीहरू