अमेरिकी सेनाको प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर सिंहदरबारमा
रक्षा सचिव किरणराज शर्मा र अमेरिकी सेनाको प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर मेजर जनरल क्रिस्टोफर स्मिथबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज दिउँसो २ बजेको समयमा रक्षा मन्त्रालयमा कुराकानी भएको बताइएको छ ।
स्मिथ नेपाली र अमेरिकी सेनाबीच आजदेखि काठमााडौंमा शुरु स्थल सेना सम्बन्धी वार्तामा सहभागी हुन टोलीको नेतृत्व गर्दै अस्ति राति सिंगापुरबाट काठमाडौं आएका हुन् । काठमाडौंमा आजदेखि तीन दिने चौथो नेपाल–अमेरिका स्थल सेना वार्ता प्रारम्भ भएको छ ।
टिप्पणीहरू