ट्राफिक प्रहरीको अन्तरक्रियामा मुसुक्क हाँसोको कुरो
जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिराहाले सवारी साधन दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यालयले जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया गरेको हो ।
सो क्रममा सञ्चारकर्मीहरुले ड्युटीमा रहेका ट्राफिकले मुस्कानसहितको सेवा दिनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, सिराहाका अध्यक्ष मनोज बनैताले स्थानीय तहसँग समन्वय गरेर विशेषतः ग्रामीण भेगमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने सुझाव दिएका छन् ।
महासंघका सचिव शिवदयाल यादव र सहसचिव राजेन्द्र महतोले ड्युटीमा रहेका ट्राफिक प्रहरीले सेवाग्राहीसँग झर्काेफर्काे गर्न नहुने सुझाव दिएको बताइएको छ ।
लहानका पूराना पत्रकार एम. महतोले सवारी दुर्घटना न्यूनीकरणको निम्ति ट्राफिक प्रहरी र पत्रकारबीच नियमित अन्तरक्रिया हुनुपर्ने धारणा राखेका छन् । सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिकसँग हातेमालो गरेर अघि बढ्नुपर्ने नमधेश मिडिया मिसन नेपालका केन्द्रीय अध्यक्ष दिनेश्वर गुप्ताको ठम्याइ छ ।
प्रहरी वरिष्ठ नायव निरीक्षक विदुरमणि भट्टराईले सञ्चालन गरेको कार्यक्रममा जिल्ला प्रमुख ट्राफिक प्रहरी निरीक्षक मीनबहादुर बस्नेतले पत्रकारहरूबाट प्राप्त सल्लाह÷सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रहरी सहायक निरीक्षक डम्बर दियालीको संयोजनमा भएको कार्यक्रममा सिराहामा क्रियाशील पत्रकारहरुको बाक्लो उपस्थिति थियो । जिल्लामा चालू आर्थिक वर्षको आठ महिनामा ४२४ वटा सवारी दुर्घटना भएको छ । ती दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका छन् ।
टिप्पणीहरू