बानेश्वरको धर्ना छोडेर मीटरब्याज पीडितहरु अनामनगरमा, तमु समाजको हलमा प्रधानमन्त्री भेट्ने

बानेश्वरको धर्ना छोडेर मीटरब्याज पीडितहरु अनामनगरमा, तमु समाजको हलमा प्रधानमन्त्री भेट्ने

नयाँ बानेश्वरमा धर्ना दिइरहेका मधेश प्रदेशका मीटरब्याज पीडितहरु प्रधानमन्त्री भेट्न निस्किएका छन् । प्रधानमन्त्रीले बोलाएपछि धर्ना स्थगित गरी उनीहरु केही बेरअघि त्यहाँबाट पैदल निस्किएका हुन् । बानेश्वरबाट बिजुलीबजार पुल हुँदै उनीहरु अहिले अनामनगर पुगेका छन् । 

अनामनगरको भाटभटेनी नजिकै तमु समाजकाे हलमा पीडितहरु रोकिने र प्रधानमन्त्री आइपुगेपछि त्यहिँ छलफल हुने बुझिएको छ । महोत्तरीको बर्दिबासबाट ११ दिनको पैदलयात्रापछि हिजो बिहान काठमाडौँ आइपुगेका मीटरब्याज पीडितहरु विभिन्न माग राखी सडक आन्दोलनमा छन् । आफ्ना माग सम्बोधन गराएर मात्र फर्किने तयारीका साथ काठमाडौँ आएका उनीहरुले प्रधानमन्त्रीबाहेक अरुसँग वार्ता नगर्ने अडान राखेका छन् ।

मीटरब्याज समस्या समाधानका लागि पहल गरिरहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मीटरव्याजलाई अपराध घोषणा गरी मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने निर्णय क्याविनेटबाट गराउनुभएको बताइएको छ ।

टिप्पणीहरू