कोशीका प्रहरी चैते दशैं मनाउन व्यस्त
कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा आज चैते दशैंको मौलो पूजा गरिएको छ । ठूलो दशैंमा झैँ चैते दशैका दिन पनि विधिवतरुपमा मौलो पूजा सम्पन्न भएको बताइएको छ ।
कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलालगायत सयौं प्रहरी कर्मचारीहरुको सहभागितामा मौलो पूजा सम्पन्न भएको हो ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन पनि नवदुर्गाको पूजा आरधना गरी चैते दशैं मनाउने गरिन्छ । आज विभिन्न शक्तिपीठ एवम् देवीका मन्दिरमा पूजा गर्ने भक्तजनको समेत घुइँचो लाग्ने गर्छ ।
चैते दशैंको उपलक्ष्यमा आज गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
टिप्पणीहरू