सेना प्रमुखहरुको सम्मेलनपछि हतियार निर्यातमा बल पुग्ने भारतीय विश्वास

सेना प्रमुखहरुको सम्मेलनपछि हतियार निर्यातमा बल पुग्ने भारतीय विश्वास

भारतको पुनेमा भारत–अफ्रिका फिल्ड प्रशिक्षण अभ्यासपछि सेना प्रमुखहरूको सम्मेलन शुरु भएको छ । १० दिने अभ्यासमा विभिन्न नौ वटा अफ्रिकी मुुलुकका वरिष्ठ सैन्य अधिकारीहरुको सहभागिता रहेको जनाइएको छ ।

अभ्यासमा इथियोपिया,घाना,केन्या, लेसोथो, नाइजर, सेसेल्स, तान्जानिया, युगान्डा र जाम्बियाका सैनिक अधिकारीहरु सहभागी छन् । त्यसैगरी कङ्गो, इजिप्ट, नाइजेरिया, रुवाण्डा, जिम्बाब्वे, क्यामरुन र मोरक्कोले २०१९ पछि दोस्रो पटक भएको अभ्यासमा पर्यवेक्षकको रुपमा सहभागिता जनाएको इण्डिया न्यूज नेटवर्कले जनाएको छ । 

भारतीय रक्षामन्त्री राजनाथ सिंहले अभ्यासको उद्घाटन गरेका हुन् । कार्यक्रमको अन्तमा १० अफ्रिकी राष्ट्रका सेना प्रमुखले सहभागिता जनाएका र १२ राष्ट्रका सेनाले प्रतिनिधि पठाएका छन् ।

यसअघि सन् २०२० मा भारत–अफ्रिका रक्षा मन्त्रीहरूको सम्मेलन उत्तर प्रदेशको लखनउमा भएको थियो । यस पटकको अभ्यासपछि हिजो र आज भएको सेना प्रमुखहरुको सम्मेलनले भारत–अफ्रिका सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ । यसबाट अफ्रिकी सेनाको क्षमता वृद्धि गराउने भारतको उद्देश्य रहेको बताइन्छ । 

अभ्यासमा नयाँ खालका विष्फोटक यन्त्र र पदार्थ पड्काइने छ । भारतका अत्याधुनिक प्रविधिका उपकरण पनि अभ्यासका क्रममा प्रदर्शन गरिने जानकारी दिइएको छ ।

टिप्पणीहरू