जिज्ञासा राख्दा जब मेयर जंगिए

जिज्ञासा राख्दा जब मेयर जंगिए

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो नागरिकता प्रकरणले मुलुकमा तहल्का नै मच्चिरहेकै बेला काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलको पनि दुईटा नागरिकता र राहदानी भएको चर्चा छ । 

कांग्रेसबाट २ चोटिसम्म मेयर बनेका उनी लामो समय अमेरिका बसेर फर्किएका हुन् । विद्यार्थी भिसामा गएर १४ वर्ष उतै बसेका उनको त्यहाँ आफ्नै व्यापार व्यवसाय थियो । समाजसेवाको हुटहुटीले मुलुक फर्किन बाध्य बनायो भन्दै नेपाल आउनेबित्तिकै जनप्रतिनिधि बन्ने तरखरमा लागेका उनले तलबभत्ता, सेवा–सुविधा केही पनि नलिने घोषणा गरेका थिए । उनीमाथि कैयौं पटक अरुलाई अवमूल्यन गरेको आरोप लागेको छ ।

पाँचखालको मेयर भए पनि अधिकांश समय काठमाडौंमै बस्ने उनको स्वभाव धेरै मतदातालाई मन पर्दैन । एमाले कार्यकर्ताहरूका अनुसार उनीसँग अझै अमेरिकाको ‘ग्रीनकार्ड’ छ । आफ्नो गल्ती नदेखाउन उनी भारत हुँदै अमेरिका जाने गरेको स्रोतको दाबी छ । 

यसबारे बुझ्न वेबसाइटमा रहेको फोन नम्बर ९८४३०४१७८८ मा सम्पर्क गर्दा उनले आफूले अमेरिकी नागरिकता नलिएको दाबी गरेका छन् । ‘मैले अहिलेसम्म अमेरिकी नागरिकता लिएकै छैन । जसले भनेको हो, त्यसैलाई गएर सोध्नु । सक्नुहुन्छ भने अदालतमा गएर मुद्दा हाल्न लगाउनु’, उनले आक्रोशित हुँदै जवाफ फर्काए र फोन काटिदिए ।
 

टिप्पणीहरू