कर्णालीका मुख्यमन्त्रीलाई राप्रपाबाहेक सबैको भोट
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन् ।
केन्द्रमा सत्ता समीकरणमा भएको परिवर्तनसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार छोडेपछि आज मुख्यमन्त्री शर्माले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा काँग्रेस, एमाले, एकीकृत समाजवादीका सांसदहरुले मत दिएका हुन् ।
मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ । राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदले पनि प्रस्तावको पक्षमा मत हालेका हुन् ।
एमाले, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शर्माले माघ ६ गते विश्वासको मत प्राप्त गरेका थिए ।
टिप्पणीहरू