बिरामी राष्ट्रपति भेट्न प्रधानमन्त्री टिचिङ हस्पिटलमा

बिरामी राष्ट्रपति भेट्न प्रधानमन्त्री टिचिङ हस्पिटलमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्मा स्वास्थ्य उपचार गराइरहनु भएका राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । 

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री आज बिहान अस्पताल पुग्नुभएको बताइएको छ । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

हिजो राति अकस्मात पेट दुःखेपछि राष्ट्रपति पौडेललाई तत्काल अस्पताल भर्ना गरिएको थियो । राष्ट्रपतिलाई अम्लपित्त (ग्यास्ट्रिक) का कारण पेट दुःखेको चिकित्सकहरूले बताएका छन् । अहिले उहाँको उपचार भरहेको अस्पताले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्ड टिचिङ पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

टिप्पणीहरू