मकवानपुर जाने सडक साँझ परेपछि बन्द

मकवानपुर जाने सडक साँझ परेपछि बन्द

राजधानीबाट कुलेखानी हुँदै हेटौंडा जाने सडक साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न थालिएको छ । सडक स्तरोन्नतिको निम्ति साँझ र रातिको समयमा सवारी आवागमन बन्द गरिएको बताइएको छ ।

राजधानीबाट सिस्नेरी, दक्षिणकाली हुँदै हेटौंडा जाने र चित्लाङबाट थानकोट आउने सडक बन्द गर्न थालिएको हो । थाहा नगरपालिकाका अनुसार अर्को सूचना नभएसम्मका लागि सडक बन्द गरेर मर्मत थालिएको हो । दिउँसो पनि ती सडकमा अत्यावश्यक सवारी साधनबाहेक अरु सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

टिप्पणीहरू