सत्तापक्षीय प्रतिपक्षी
राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला सत्ताको पछि पछि लागिरहेको देख्दा भोट दिने मतदाता छक्क परेका छन् । आखिर मतदाताले यो पार्टीलाई त्यही प्रचण्डको पछि पछि लाग्न वा त्यही ओलीको पछि पछि लाग्न भोट दिएको त होइन । जनताले चाहेको भए किन प्रचण्डको पछि पछि लाग्नेलाई भोट दिन्थे र ? सिधा प्रचण्डैलाई नै दिन्थे । प्रचण्ड र ओलीलाई किन भोट दिने भनेर रास्वपालाई दिएको त उल्टो प्रचण्ड र ओलीको गुलामलार्ई पो भोट दिन पुगिएछ । मालिकलाई छोडेर गुलामलार्ई भोट !
अहिले रास्वपा सरकारमा जान तम्सिरहेको देख्दा मानिसहरू अचम्म मानिरहेका छन् । यो लामिछानेलाई जहिल्यै सरकारमा जान किन हतार ? चुनावका बेला त यी बूढाखाडा नेताहरूको कामलार्ई धुवाँधार आलोचना गर्छु भनेका थिए ।
लामिछानेले भनिसके, रास्वपा सरकारभित्रको प्रतिपक्षी बन्छ । संसदभित्रको प्रतिपक्षी होइन, सरकारभित्रको प्रतिपक्षी । अब सरकारभित्रको प्रतिपक्षी बन्ने हो भने सबैभन्दा पहिले सरकारमा त जानुप¥यो नि । सरकारमै नगइकन कसरी सरकारको प्रतिपक्षी बन्ने ? कुरा बुझ्नुभयो होइन ?
टिप्पणीहरू