पत्याएन पुँजी बजारले अर्थमन्त्री महतलाई !

पत्याएन पुँजी बजारले अर्थमन्त्री महतलाई !

आज नेप्से परिसूचकमा २० अंकको गिरावट आएको छ । साताको पहिलो दिनको सेयर कारोबारमा ठूलो अंकले गिरावट आएकाले मन्त्रीमण्डल पुनगर्ठनपछि अर्थ मन्त्रालयको जिम्मेवारी पाएका काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतप्रति पनि पुँजी बजार आश्वस्त हुन नसकेको अर्थ लगाइएको छ ।

आज नेप्से परिसूचक २० अङ्कले घटेर १८८८.५५ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ३.७२ अंकले घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक घटेको छ ।

आज २६० वटा कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर किनबेच भएको छ । कुल १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० बराबरको शेयर कारोबार भएको हो । यो गत बिहीबारको तुलनामा कारोबार रकम भने बढी हो ।

टिप्पणीहरू