प्रतिनिधिसभा नियमावली पारित, संसदको अर्को बैठक बिहीबार

प्रतिनिधिसभा नियमावली पारित, संसदको अर्को बैठक बिहीबार

प्रतिनिधि सभाको आजको बैठकमा प्रस्तुत संशोधित प्रतिनिधिसभा नियमावली पारित भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले प्रस्तुत गरेको ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको बताइएको छ ।

प्रतिवेदनमाथि दफावार छलफल गरेर बैठकले पारित गरेको हो । बैठकमा समिति सदस्य लेखकले नियमावलीमा केही संशोधन गरिएको जानकारी गराएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी बिहीबार दिउँसो १ बजे डाकिएको छ ।

टिप्पणीहरू