पेट्रोलियम पदार्थको भाउ घट्यो, पेट्रोल ३ रुपैयाँ र अन्य १० रुपैयाँ सस्तो

पेट्रोलियम पदार्थको भाउ घट्यो, पेट्रोल ३ रुपैयाँ र अन्य १० रुपैयाँ सस्तो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । भारतबाट भाउ घटेर आएपछि नेपालमा मूल्य समायोजन गर्न दबाब बढेपछि आज बसेको निगम सञ्चालक समिति बैठकले मूल्य कटौती गरेको बताइएको छ । 

जसअनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ घटाइएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १६८, मट्टीतेल र डिजल प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ थियो भने डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँमा बिक्री भइरहेको थियो । 

त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ । ग्यासको मूल्य प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।

टिप्पणीहरू