कार्यव्यवस्थामा दलीय प्रतिनिधित्वको संख्या टुंगियो, कुन दलबाट कति ?

कार्यव्यवस्थामा दलीय प्रतिनिधित्वको संख्या टुंगियो, कुन दलबाट कति ?

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलीय प्रतिनिधित्वको संख्या टुंगिएको छ । 

आज बसेको सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

कार्यव्यवस्थामा सभामुख, उपसभामुख, कानुनमन्त्रीसहित २१ जना सहभागी हुने गरी संख्या टुंगो लगाइएको हो ।

 

जसअनुसार कांग्रेसबाट ६, एमालेबाट ५, माओवादी केन्द्रबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा र नागरिक उन्मुक्तिबाट एक-एक जना सदस्य रहने छन् । त्यस्तै, एक सिट भएका पार्टी र स्वतन्त्रका एक-एक जना कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुनेछन् ।

टिप्पणीहरू