मुलुकको आर्थिक अवस्थाबारे युवराज खतिवडाको चिन्ता
मुलुकको आर्थिक अवस्थाबारे नेकपा एमालेले छलफल आयोजना गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा आज अपरान्हदेखि आर्थिक अवस्थाबारे बहस चलाइएको बताइएको छ ।
एमाले सम्पर्क समन्वय कमिटीको आयोजनामा ‘नेपालको वर्तमान आर्थिक अवस्था र यसको निकास शीर्षकमा’ छलफल चलाइएको हो । करिब एक दर्जन सहभागी रहेको कार्यक्रमलाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गरेका छन् ।
त्यसैगरी मुलुकको अर्थतन्त्र खस्केको सम्बन्धमा पूर्वअर्थमन्त्री युवराज खतिवडाले आफ्ना तर्क राखेको बताइन्छ । खतिवडाले चिन्ता व्यक्त गरेको कार्यक्रमलाई स्थायी कमिटी सदस्य लालबाबु पण्डितले पनि सम्बोधन गरेको सहभागी एक जनाले बताए ।
टिप्पणीहरू