उपनिर्वाचनलाई देखाउँदै जसपाको विधान अधिवेशन सारियो
जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन सरेको छ । आगामी आइतबारदेखि तीन दिनसम्म हुने भनिएको अधिवेशन उपनिर्वाचनका कारण सारिएको बताइएको छ ।
पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले अधिवेशन सार्नुपरेको प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताए । त्यस्तै, विधानको मस्यौदामाथि छलफल गर्न सुझावसमेत संकलन भइनसकेको उनको भनाइ छ ।

‘पार्टीको अध्यक्ष उपेन्द्र यादव नै चुनावमा उठ्नुभएको छ । सबै जना उपनिर्वाचनको तयारीमा जुटेका छौं । चैत १५ गतेसम्म सुझाव संकलनको समय दिइएको थियो, त्यो पनि पूरा भएन् । अधिवेशनको तयारी पनि सकिसकेको थिएन्, त्यसैले अहिलेलाई स्थगित गरेर अर्को वर्षका लागि सारेका हौं’, उनले भने ।
अधिवेशन आगामी वर्षको जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा हुने भनिएको थियो ।
टिप्पणीहरू