संसद बैठकमा किक हान्ने गंगा बाको बार्दलीमा प्रकट
दाङबाट बागी उम्मेदवार उठेर प्रतिनिधि सभामा एमाले प्रत्यासी शान्ता चौधरीलाई हराएकी गंगा चौधरी सत्गौवा एमालेमै फर्केकी छन् । गत आमनिर्वाचनमा एमालेलाई सराप्दै दाङ्गबाट बागी उठेकी सत्गौवाले एमाले उम्मेदवार शान्ता चौधरीलाई हराउँदा एकीकृत समाजवादीका मेटमणी चौधरीको जीत भएको थियो ।
संसद बैठकमा सँधै हावाहुण्डरी मच्चाइरहने एमालेकी तत्कालीन समानुपातिक सांसद गंगा बालकोट पुगेर एमालेमा फिर्ता भएको सन्देश दिएकी छन् । उनी ‘बा’ अर्थात् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो पटक फोटो खिच्दै एमाले प्रवेश गरेकी हुन् ।
टिप्पणीहरू