झापाबाट फर्किए पूर्वराजा

झापाबाट फर्किए पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किएका छन् । बुद्ध एयरको जहाजबाट उनी आज साँझ काठमाडौँ ओर्लिएका हुन् । 

पूर्वराजा ज्ञानेन्द्र बुद्धको बिएचए ९५८ उडानमा भद्रपुरबाट काठमाडौँ उत्रिएको बताइएको छ । प्राय: जाडो छल्न सिमरा र झापा झर्ने उनी गर्मि बढेसँगै काठमाडौँ फर्किएका हुन् । 

झापामा रहँदा उनी राजनीतिक भेटघाटमा सक्रिय भएका थिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनसहितका नेताहरुलाई ज्ञानेन्द्रले आफू बसेको ठाउँमै बोलाएर भेटघाट गरेका थिए ।

टिप्पणीहरू