दार्चुलामा समाजवादीको महिला संघ गठन
नेकपा एकीकृत समाजवादी पार्टी निकट अखिल नेपाल महिला संघ,दार्चुलाको अध्यक्षमा धनुषा पाल चयन भएकी छन् ।
केन्द्रीय कमिटी सदस्य रुक्मती जागरीको अध्यक्षतामा बसेको बैठकले उनको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन गरेको हो । उपाध्यक्षमा कलावती पार्की,सचिवमा वसन्ती ठगुन्न, सहसचिवमा ईश्वरी ऐरी र कोषाध्यक्षमा बिन्दु अवस्थी रहेका छन् ।
समाजवादीको संगठन सुदृढीकरण अभियानअन्तर्गत दार्चुला जिल्लामा पार्टी र जनसङ्गठनसम्बन्धी विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा भइरहेको केन्द्रीय कमिटी सदस्य जागरीले बताइन् ।
त्यस्तै,सदस्यता नवीकरण,विस्तार,गठन, पुनःगठन गर्ने कामहरु पनि भइरहेको उनले जानकारी दिइन् ।
टिप्पणीहरू