सुवास नेम्वाङदेखि भूपू जर्नेलसम्मको कोलम्बिया उडान
एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ इस्तानबुलतर्फ जानुभएको छ । उहाँ टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२७ बाट बिहान सवा ८ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
एमाले उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे,नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक,राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा,पूर्व ३ तारे जर्नेल पवनबहादुर पाण्डे र अर्का पूर्वरथी चित्रबहादुर गुरूङ पनि टोलीमा हुनुहुन्छ ।
उहाँहरु इस्तानबुलबाट दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया जाने कार्यक्रम छ ।
टिप्पणीहरू