एकीकृत समाजवादी काठमाडौंको पूर्ण बैठक सम्पन्न
नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटीले मुलुकभरका स्थानीय तहमा पार्टीको संगठन सुदृढीकरण अभियानमा दिइएको जिम्मेवारीबारे छलफल गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको पूर्ण बैठकमा उक्त विषयमा नेताहरुले ब्रिफिङ समेत गरेको बताइएको छ ।
प्रमुख अतिथि उपाध्यक्ष प्रमेश हमालसहित बैठकमा उपस्थित अतिथि तथा पोलिट्ब्युरो सदस्य एवम् काठमाडौं इञ्चार्ज वसन्तप्रसाद मानन्धर, प्रदेश अध्यक्ष सावित्रा भुषाल लगायतले मन्तव्य राखेका थिए । हिजोको बैठकले काठमाडौं जिल्ला कमिटीका सदस्यहरुलाई विभिन्न पालिकामा संगठन निर्माणको जिम्मेवारीसमेत दिइएको जिल्ला अध्यक्ष एलपी श्रेष्ठले जानकारी गराएका छन् ।
बैठक जिल्ला अध्यक्ष एलपी श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।
टिप्पणीहरू