अस्पतालको तल्लो भागमा बिरामीको उपचार, छतमा हेलिकोप्टर घाइते
काठमाडौंको एउटा निजी अस्पतालको छतमा हेलिकोप्टर दुर्घटना भएको छ । मण्डिखाटारस्थित ह्याम्स अस्पतालको छतमा आज दिउँसो ल्याण्ड गर्ने क्रममा हेलिकोप्टर पछाडिको भागमा क्षति पुगेको बताइन्छ ।
दिउँसो ३ बजेको समयमा अस्पतालका केही चिकित्सकलाई भरतपुर लैजान विमानस्थलबाट आएको एअर डाइनास्टीको हेलिकोप्टर ल्याण्ड गर्ने क्रममा गम्भीर दुर्घटनाबाट जोगिएको हो । पछाडिको पंखा भाँचिएपछि हेलिकोप्टर अस्पतालको छतमा रोकिएको थियो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको जानकारी दिइएको छ ।
टिप्पणीहरू