नेताहरु आजै कोही नेपालगञ्जतर्फ,कोही भोलि

नेताहरु आजै कोही नेपालगञ्जतर्फ,कोही भोलि

आज बिहान राजनीतिक दलका नेताहरु नेपालगञ्ज गएका छन् । एमाले नेता भीम रावलका साथै काँग्रेसका गगन थापा र दिपक गिरी एउटै उडानमा त्यता गएको बताइन्छ । ती सबै नेता बुद्ध एअरको उडान नम्बर एचबीएचए ४५१ मा अहिले बिहान ९ बजे प्रस्थान गरेका हुन् ।

त्यसैगरी भोलि नेपालगञ्जमा हुने एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनमा भाग लिन शीर्ष नेताहरु बिहान त्यता जाने कार्यक्रम छ । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलगायतको टोली नेपालगञ्ज जाने एमाले स्रोतले बताएको छ ।
 

टिप्पणीहरू