प्रशासकीय अधिकृतविरुद्ध डेढ करोड भ्रष्टाचारको आरोप

प्रशासकीय अधिकृतविरुद्ध डेढ करोड भ्रष्टाचारको आरोप

रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि डेढ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धना आयोगले डेढ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीविरुद्ध विशेष अदालतमा एक करोड ४९ लाख ९७ हजार ८६३ रुपैयाँ बिगो दाबी गरिएको भ्रष्टाचार मुद्दा दायर भएको हो । उनले पदीय दुरुपयोग गरेर कमाएको अकुत सम्पत्ति श्रीमतीको नाममा घरजग्गामा लगानी गरेको समेत पाइएको अख्तियारको दाबी छ ।

टिप्पणीहरू