प्रधानमन्त्री धनगढीबाट काठमाडौं प्रस्थान

प्रधानमन्त्री धनगढीबाट काठमाडौं प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढीबाट काठमाडौं प्रस्थान गर्नुभएको छ । उहाँ साँझ साढे ७ बजे श्री एअरलाइन्सको उडानमा आउनुभएको बताइएको छ ।

प्रधानमन्त्रीको टोलीमा रहेका अरु १३ जना पनि सोही उडानमा सवार छन् । 

प्रधानमन्त्री दाहाल आज बिहान बुद्ध एअरको उडानमा त्यसतर्फ जानुभएको थियो । उहाँ कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुनुभएको हो ।

टिप्पणीहरू