शरीर बेचबिखनमा संलग्न तामाङ २५ वर्षपछि पक्राउ

शरीर बेचबिखनमा संलग्न तामाङ २५ वर्षपछि पक्राउ

शरीर बेचबिखन सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २५ वर्षपछि फेला पारेको  छ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ३ घर भई हाल काठमाडौँको स्वयम्भू बस्दै आएका ५९ वर्षीय प्रेम लामा भन्ने ओमबहादुर तामाङ प्रहरी नियन्त्रणमा पुगेका छन् । 

उनी शरीर मास्ने बेच्ने मुद्दाको अनुसन्धानको सिलसिलामा वारदातपश्चात फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनलाई पक्रन काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचारसमेत गरेको थियो । 

सोही क्रममा खोजतलास गर्दा प्रहरी टोलीले हिजो उनलाई स्वयम्भूको भगवान पाउबाट नियन्त्रणमा लिएको बताइएको छ । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।

टिप्पणीहरू