बर्दघाटमा समातिएको ४२ टन चिनी ट्रकसहित काठमाडौं ल्याइयो
पश्चिम नवलपरासीको बर्दघाटमा अवैध आयात गरिएको ४२ टन चिनी फेला परेको छ । भन्सार प्रज्ञापनपत्रमा कम परिमाण उल्लेख गरेर ट्रकमा बढी ल्याइएको ४२ टन चिनीसहित दुई वटा ट्रकलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको बताएको छ ।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेका ती ट्रकमध्ये ना. ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु.२ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा फेला पारिएको हो । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बलको नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटले चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको हो ।
बरामद चिनीसहित ट्रकलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको निम्ति राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर ल्याइएको छ ।
टिप्पणीहरू