तनहुँ १ मा लौरोको समर्थन वाग्लेलाई

तनहुँ १ मा लौरोको समर्थन वाग्लेलाई

आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्ने भएको छ । यसअघि उक्त क्षेत्रमा चुनाव लड्न विष्णु पराजुलीलाई अघि सारेको अभियानले पराजुलीको उम्मेदवारीलाई निष्क्रिय पार्दै रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने निर्णय गरेको बताइएको छ ।

अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँ आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा विज्ञता हासिल गर्नुभएको र हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा यथाशीघ्र आवश्यकता परेको महशुस गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई हामी सम्पूर्ण वैकल्पिक शाक्ति, हाम्रो नेपाली पार्टी र स्वतन्त्र नागरिक समाज ‘नेपाल’ एक भई समर्थन गर्ने निर्णय भएको छ ।’

उपनिर्वाचनमा रास्वपाका उम्मेदवार वाग्लेलाई घण्टी चिन्हमा मत प्रदान गरी विजय गराउन पार्टीका सदस्य, शुभचिन्तक, नागरिक समाज, अभियन्ता र आममतदातालाई समेत अपिल गरेको छ ।
 

टिप्पणीहरू