२० वर्षे युवकले हाले महिलाको अश्लिल भिडियो सामाजिक सञ्जालमा
सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक समातिएका छन् । झापा गाउँपालिका–६, घर भएका २० वर्षीय कादिर मोमिनलाई प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा आज पक्राउ गरेको बताइएको छ ।
उनीमाथि सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गरेको किटानी उजुरी परेको र त्यसैका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । कादीरले सामाजिक सञ्जाल फेसबुक र टिकटकमा महिलाको अनुहारमा अरु कसैको शरीर जोडिएको तस्बिर बनाई अश्लील शब्द लेखेर फोटो र भिडियो पोष्ट गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ । उनले ती महिलाको टिकटक एकाउन्टमा राखिएका सामग्रीमा समेत अश्लील क्याप्सन राखेर पोष्ट गरी अनावश्यक हैरानी दिने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कादीरलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा चार दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू