चुनावी बाचा नभुल्ने उपप्रधानमन्त्रीको वाचा
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने गरी काम गर्ने दाबी गर्नुभएको छ ।
नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर–२ को प्रथम क्षेत्रीय अधिवेशनको आज पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा उद्घाटन गर्दै उहाँले शान्ति प्रक्रियालाई पूर्णता, संविधानको सुदृढीकरण र देशको तीब्र विकास वर्तमान सरकारको प्राथमिकता भएको उल्लेख गर्नुभयो ।
’संघ र प्रदेशको निर्वाचनमा जनतासँग हामीले मत माग्दा शान्ति प्रक्रियालाई पूर्णता दिन्छौं, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्छौं, तीब्र गतिमा देशको विकास गर्छौं भनेका थियौं,झ उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘चुनावका बेला मतदातासँग गरिएका बाचा अनुसारका कामहरू गर्न अहिलेको सरकार लागिरहेको छ ।’
आपÞm्नो सम्बोधनका क्रममा उहाँले द्वन्द्व पीडितहरूलाई न्यायिक निरूपणमार्फत न्याय दिने र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराइने पनि वाचा गर्नुभयो ।
पुस १० गते बन्नुपर्ने सरकार चैत १७ गते बनेको बताउँदै खड्काले बीचको समय खेर गएकोमा चिन्ता व्यक्त गर्नुभयो । पुस १०को अप्राकृतिक गठबन्धन भत्केर प्राकृतिक गठबन्धन बनेको बताउँदै उहाँले अब सरकारले फटाफट देश र जनताका पक्षमा काम गर्ने दाबीसमेत गर्नुभएको छ ।
एजेण्डामा सहमत भएका दलहरू एक ठाउँमा रहेकाले बोलिएका कुरा पूरा गर्न कुनै समस्या नरहने उहाँको भनाई छ ।
टिप्पणीहरू