दल बदलिरहने दलबहादुर पुनः एमालेमा
अवसरवादीको पहिचान बनाएका संविधानसभा सदस्य दलबहादुर सुनार एमालेमा प्रवेश गरेका छन् । सोमवार नेपालगञ्जमा शुरु भएको राष्ट्रिय युवा संघको नवौं महाधिवेशन उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी ओलीको हातबाट सदस्यता लिएर उनी एमाले प्रवेश गरेका हुन् । उनी यसअघि माओवादी केन्द्रमा थिए ।
संघ तथा प्रदेशसभा निर्वाचनमा एकीकृत समाजवादीबाट भनेजस्तो टिकट नपाएपछि उनले बाँके क्षेत्र नम्बर ३ मा स्वतन्त्रबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए । एमालेबाट सांसद हुँदै सिँचाइ राज्यमन्त्रीसमेत भएका उनी पार्टी फुट्दा समाजवादीतिर लागेका थिए । केही दिनपछि रहस्यमय ढंगले माओवादी केन्द्रमा प्रवेश गरे । उनको प्रवेशले माओवादी केन्द्रका आधिकारिक उम्मेदवार आइपी खरेल समस्यामा परे, उनलाई आफू आधिकारिक हुँ भनेर भन्नमै ठिक्क भयो, अन्ततः खरेलले एमालेका उम्मेदवार रत्न खत्रीलाई समर्थन गरे, गठबन्धनको समर्थन पाए पनि सुनारले हार व्यहोरे, खत्रीले जिते ।
नेकपा माओवादी केन्द्रका नेता खजुरा गाउँपालिका बाँकेका अध्यक्ष डम्वर बि.क. तुफानकै पहलमा सुनार पार्टी प्रवेश गरेका थिए भने उनकै पहलमा गठबन्धनले सुनारलाई समर्थन गरेको हो ।
टिप्पणीहरू