बालकोटको ढलमा पुरिएका एक जनाको मृत्यु

बालकोटको ढलमा पुरिएका एक जनाको मृत्यु

भक्तपुरको बालकोटमा नयाँ ढल बिस्तारको क्रममा पुरिएका दुईमध्ये एकजनाको मृत्यु भएको छ । ढलमा पुरिएका २२ वर्षीय नितेश सदाको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । 

सूर्यबिनायक नगरपालिका वडा नम्बर २ बालकोटको रागीनी हाइटमा ढलको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू पुरिएका थिए । कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको वस्तीमा ढल खन्ने काम काम भइरहेको हो । 

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले घटना साँंझ चार बजे भएको जनाए । उक्त घटनमा सुनसरी गढी गाउपालिका –२ घर भई हाल भक्तपुर बालकोट वस्ने ३० वर्षीय सियाराम सदा घाइते छन् । अहिले बोल्न सक्ने अवस्थामा रहेको उनलाई साढे पाँंच बजे उद्धार गरी उपचारको लागि नजिकैको भक्तपुर इन्टरनेशनल अस्पताल लगिएको उनले बताए । 

सोही स्थानमा घर भई हाल बालकोटमै वस्ने रितेशको भने अस्पताल लाने क्रममा बिहान ६ बजे बाटैमा मृत्यु भएको एसपी केसीले जानकारी दिए ।

घटनास्थलमा उनीहरूलाई काममा लगाउने सुनसरी गढी गाउपालिका–२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना सञ्चालन गरी वस्ने ४६ वर्षीय रामदेव यादव एकासी बेहोस भई तत्काल एम्बुलेन्समा राखी भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको जनाइएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । उनी सुगर र प्रेशरको रोगी भएको पनि बताइएको छ । 

खवर प्राप्त हुनासाथ प्रहरी हवल्दार प्रमिला कार्कीको टोली घटनास्थलमा खटिएको थियो । साथै वृत ठिमीबाट प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठको कमाण्डमा १८ जनाको टोली खटिई उपलब्ध श्रोत साधनसमेतको सहयोगमा उद्धार कार्य जारी रहेको जनाइएको छ । घटनास्थल वृत्त ठिमीबाट ४ किलोमिटर.दक्षिण पश्चिममा पर्दछ । घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ ।

टिप्पणीहरू