भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य
भारतले नेपाललाई पेट्रोलिय पदार्थको मूल्य पुन: बढाएर पठाएको छ । डिजेल प्रतिलिटर एक र पेट्रोल ६ रुपैयाँ बढेर आएको हो ।
नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको बताए । १५ दिनअघि कच्चा तेल प्रतिब्यारेल ७५/७६ अमेरिकी डलर रहेकोमा अहिले अहिले प्रतिब्यारेल ८५ डलर पुगेको छ ।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएर बिक्री-वितरण गर्छ । आइओसीले नेपाल आयल निगमलाई पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ ।
यसअघि मूल्य घटेर आएको थियो । सोहीअनुसार सरकारले मूल्य समायोजन गर्दा अहिले नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ ।
टिप्पणीहरू