संवैधानिक परिषद्को बैठक ‘निर्णयविहीन’

आज बिहान बसेको संवैधानिक परिषद् बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले कुनै निर्णय गर्न नसकेको बताइएको छ ।

प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भए पनि निर्णय हुन नसकेको हो । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भए पनि निर्णय नगरी बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवम् रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काको साथै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनहुन्थ्यो ।

टिप्पणीहरू