अदालतको आदेश लत्याएर भागेका उत्तम विकलाई समातेर जेल चलान

अदालतको आदेश लत्याएर भागेका उत्तम विकलाई समातेर जेल चलान

लागूऔषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

मोरङको उर्लाबारी नगरपालिका–१ का २८ वर्षीय उत्तम विक भन्ने रुद्र विश्वकर्मालाई प्रहरीले पक्रेको हो । जिल्ला अदालत झापाको २०७८ असार ३१ गतेको फैसलाले उनलाई लागूऔषध मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

तर, अदालतको फैसलालगत्तै भागेका विकलाई जिल्ला प्रहरी कार्यालय झापाले ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङको समन्वयमा अस्ति नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनलाई उक्त फैसला कार्यान्वयनका निम्ति अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू